"पुर्णिमाको जुन जस्तो अनुहार हेर्ने दिन औँसीमा किन ?"
'बुवा' यो शब्द सुन्ने बित्तिकै मनमा अनेकै तरङ्गहरू संचार भईदिन्छन्। यो शब्द जति सहज तरिकाले अक्षर समायोजन भएर बनेको छ नि त्यति नै गाह्रो छ शब्दले त्यो शब्द जत्तिको उपाधी पाऊनको लागी। जसरी आमालाइ पृथ्वीको प्रयाय मानिन्छ, त्यसरी नै बुवालाई आकाशको प्रयाय मानिन्छ। आकाश एउटा विशाल अनि खुल्ला सागर हो जसको अन्त्य नै हुदैँन। हो त्यस्तै हुनुहुन्छ बुवा पनि, एकदमै साहासी, एकदमै निडर। उहाँको मनमा पिडा, दुःख कहाँ गएर लुक्छ नै थाहा हुँदैन। जति पिरमा पनि बुवाको अनुहारमा दुःख झल्किंदैन अनि खुशीमा पनि त्यस्तो स्पष्ट खुशीको भाव झल्किंदैनन्। पहिला पहिला एउटा कुरा मलाई सँधै अचम्म लाग्थ्यो, "छोराछोरीको भविष्य उज्जवल बनाउन पुर्णिमाको जुनझै चम्किरहने बुवाआमाको मुख हेर्ने दिन चाहिँ औशींको अन्धकारमा किन पर्छ?? जुनजस्ता मेरा भगवानहरूको मुख हेर्ने दिन औशींमा पर्नु अल्लि भएन नि।" तर आजकल मलाई लाग्छ, अध्यारोमा ति अनुहार बढी चम्किउन र सजिलै देख्न पाईयोस् भनेरै आमाबुवाको मुख हेर्नेदिन औशींमा पारेका होलान्। सायद पुर्णिमाको दिनमा दुई पुर्ण चन्द्र देखाउन नमिल्ने भएरै होला औशींमा परेका यि महान दिनहरू...